भूमि अधिकार मञ्च ११ नम्बर वडामा लामा
हेटौंडा / भूमि अधिकार मञ्च नेपालको हेटौंडा उपमहानगरपालिका ११ नम्बर वडा समिति गठन गरिएको छ ।
मञ्चका नगर अध्यक्ष गोविन्द प्रसाद न्यौपानेको सभाध्यक्षतामा हेटौंडा ११ सिमलटारमा भएको समिति गठन कार्यक्रममा मञ्चका जिल्ला उपाध्यक्ष देव कृष्ण थोकरको प्रमुख आतिथ्यता रहेको थियो ।
मञ्चले गोपाल लामाको अध्यक्षतामा ११ सदस्यीय समिति गठन गरेको छ । जसमा वडा उपाध्यक्षमा मेघनाथ रेग्मी, सचिवमा दिलमाया रुम्बा, सह–सचिवमा छेगु गोले, कोषाध्यक्षमा लक्ष्मी श्रेष्ठ (बस्नेत) चयन भएका छन् । यसैगरी सदस्यहरुमा गजेन्द्र लो, शान्ति ब्लोन, होम बहादुर थापा मगर, नारायण भुसाल, शम्भु कुमार श्रेष्ठ र निरुलहक देवान चयन भएका छन् ।
कार्यक्रममा मञ्चका जिल्ला सचिव विष्णु आचार्य, सह–सचिव रुक्मणी तिमल्सिना, टोल विकास संस्था वडा समन्वय समिति हेटौंडा ११ का अध्यक्ष यज्ञ बहादुर आचार्य, सिमलटार टोल विकास संस्थाका अध्यक्ष सूर्यमान लामा लगायतको आतिथ्यता रहेको थियो ।


