दोस्रो बृहत शैक्षिक मेला तथा सांस्कृतीक कार्यक्रम सम्पन्न, १० हजार बढीले गरे अवलोकन
हेटौंडा / दोस्रो बृहत शैक्षिक मेला तथा सांस्कृतीक कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार हेटौंडा उपमहानगरपालिका ४ नम्बर वडा कार्यालयको आयोजना तथा शैक्षिक सुधार व्यवस्थापन समिति हेटौंडा ४ को संयोजनमा कार्यक्रम भएको हो ।
निजी तथा संस्थागत गरी ८ वटा विद्यालय रहेको यस वडामा सबै विद्यालयहरु शैक्षिक मेलामा सहभागी भएका थिए ।
कार्यक्रममा विद्यार्थी, शिक्षक, अभिभावक लगाएत विभिन्न संघसंस्थाको सरोकारवाला निकायका व्यक्तिहरुले शैक्षिक मेलाको अवलोकन गरेका थिए । झण्डै १० हजार भन्दा बढी मानिसहरुले उक्त मेलाको अवलोकन गरेको आयोजक वडाका वडाध्यक्ष नवीन सिग्देलले बताए ।

कार्यक्रममा विज्ञान, गणित र सामाजिक विषयको प्रदर्शनी, नृत्य प्रतियोगिता, गायन प्रतियोगिता गरिएको थियो । जसमध्ये गणित प्रदर्शनीमा भुटन भुटनदेवी मावि प्रथम भएको छ । यस्तै, श्रमिक मावि द्धितिय भएको छ भने आधुनिक मावि तृतीय भएको छ । सामाजिक शैक्षिक प्रदर्शनी तर्फ राष्ट्रिय आधुनिक मावि प्रथम, ब्रम्हदिम एकेडेमी द्वितीय र श्रमिक मावि तृतीय भएको छ । यस्तै, विज्ञान शैक्षिक प्रदर्शनी तर्फ भुटनदेवी मावि प्रथम, आधुनिक मावि द्वितीय र सत्यम जेभियर्स मावि तृतीय भएको छ ।

यता, गायन तर्फ श्रमिक माविका अमन माझी प्रथम भएका छन् भने ब्रम्हदिक एकेडेमीकी दियान्सु बानियाँ द्वितीय भएकी छन् । आधुनिक माविकी रञ्जिता सुनार तृतीय भएकी हुन् ।
यस्तै सामुहिक नृत्य प्रतियोगिता तर्फ बम्हदिक एकेडेमी प्रथम, श्रमिक मावि द्वितीय र भुटनदेवी मावि तृतीय भएको हो ।
शैक्षिक प्रदर्शनीमा पहिलो हुने विद्यार्थीको तीन समूहलाई १०/१० हजार रुपैंया पुरस्कार प्रदान गरिएको छ छ भने पहिलो हुने विद्यार्थीको सहयोगी शिक्षक तीन जनालाई प्रतिव्यक्ति ३/३ हजारको दरले पोत्साहन रकम दिइएको छ ।

यस्तै द्धितिय हुने विद्यार्थीको टीमलाई ७ हजार रुपैंया र शिक्षकलाई २/२ हजार गरी तीन जनालाई प्रोत्साहन रकम प्रदान गरिएको हो । यस्तै, नृत्य तर्फ पहिलो हुने विद्यार्थीको समूहलाई १० हजार र शिक्षकलाई ३ हजार रुपैंया, द्धितिय हुने समूहलाई ७ हजार रुपैंया र शिक्षकलाई २ हजार रुपैंया र तृतिय हुने समूहलाई ५ हजार रुपैंया र उक्त समूहको सहयोगी शिक्षकलाई १ हजार रुपैंया प्रोत्साहन प्रदा नगरिएको हो ।

यता, गायन तर्फ प्रथम हुने विद्यार्थीलाई ५ हजार रुपैंया र सहयोगी शिक्षकलाई ३ हजार रुपैंया, द्धितिय हुने विद्यार्थीलाई ४ हजार रुपैंया र सहयोगी शिक्षकलाई २ हजार रुपैंया र तृतिय हुने विद्यार्थीलाई ३ हजार रुपैंया पुरस्कारको प्रदा नगरिएको छ भने शिक्षकलाई १ हजार रुपैंया प्रोत्साहन रकम प्रदान गरिएको थियो ।

शैक्षिक विकासलाई मध्यनजर गर्दै वडा कार्यालयले यसअघि पनि विभिन्न कार्यक्रम, तालिम, प्रतियोगिता गरेको थियो । जसमा सबै कार्यक्रमहरु फलदायी भएको शिक्षकहरुको अनुभव छ । बालबालिकाहरुको सिकाईको पहिलो पाइला अर्थात् बालकक्षामा बालबालिकालाई कसरी खेल्दै, पढ्न सिकाउने भन्ने उदेश्यले गत पौष २१, २२ र २३ गते बालकक्षाको शैक्षिक सामाग्री निर्माण तालिमको आयोजना गरेको थियो ।

जसमा ८ वटा विद्यालयका झण्डै दुई दर्जन भन्दा बढी शिक्षिकाहरु यस तालिममा सहभागी भए । तालिममा सिकेका सीपलाई व्यवहारमा उतार्दै जाने क्रममा हाल यस वडामा रहेका विद्यालयका बालकक्षाहरुमा बाल सिकाईका शैक्षिक सामाग्रीहरु आवश्यकता अनुसार निर्माण गर्दै आइरहेको समितिका अध्यक्ष श्री राम दाहालले बाताए ।


