नापी कार्यालयबाट अढाई लाख घुससहित ३ जना पक्राउ
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले ललितपुरस्थित नापी कार्यालयका नापी सर्वेक्षक रामवीर यादवसहित ३ जनालाई घुससहित पक्राउ गरेको छ।
उनीहरूलाई घुस लिएको आरोपमा अख्तियारको टोलीले मंगलबार नै कार्यालयबाट पक्राउ गरेको हो। पक्राउ पर्नेमा नापी सर्वेक्षक रामवीर यादव, लेखापढी व्यवसायी दिनेश बन्जरा र विनोद अधिकारी रहेका छन्। उनीहरूसँगबाट अख्तियारले २ लाख ५० हजार रुपैयाँ घुस बरामद गरेको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए।
जग्गा कित्ताकाट गरी प्रमाणपुर्जा बनाउन घुस माग गरेको उजुरीका आधारमा तीन जनालाई पक्राउ गरिएको अख्तियारको भनाइ छ।
प्रतिक्रिया


