पालुङबाट ५० किलो लागूऔषध गाँजासहित दुई जना पक्राउ

पालिका डायरी
८ माघ २०८०, ११:२७
पाँच राउण्ड गोली र लागूऔषधसहित दुई जना पक्राउ

हेटौंडा / ईलाका प्रहरी कार्यालय पालुङबाट खटिएको प्रहरी निरीक्षकको टोलीले हिजो (आईतबार) थाहा नगरपालिकाको भित्री सडक खण्डमा गल्छीबाट पालुङतर्फ आउँदै गरेको बा १५ च ३९२९ नम्बरको बोलेरो चेकजाँच गर्दा त्यसबाट ५० किलो लागूऔषध गाँजा लुकाएर ल्याइएको अवस्थामा बरामद गरी दुई जना पक्राउ गरेको छ।

पक्राउ पर्नेमा उक्त बोलेरोका चालक हाल थाहा नगर–९ नारायणहिटी बस्ने रसुवा पार्वतीकुण्ड गाउँपालिका–५ का २७ वर्षीय प्रभात घले र मकवानपुर थाहा नगरपालिका–३ दम्कीको हाल थाहा ६ बज्रबाराही बस्ने ३२ वर्षीय रणबहादुर थिङलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

दुवै जनामाथि थप अनुसन्धान गरिरहेको प्रदेश प्रहरी कार्यालय हेटौंडाले जानकारी दिएको छ ।

 

प्रतिक्रिया