मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु
पाल्पा जिल्लाको रम्भा गाउँपालिका-१ मा रहेको कालीगण्डकी करिडोर सडकखण्डको भोवर क्षेत्रमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ।
गएराति ना४प ३७५ नम्बरको मोटरसाइकल दुर्घटनामा परी रम्भा-१ असेर्दीका २८ वर्षीय हेमन्त जिटीको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार, मोटरसाइकल सडकबाट लगभग २०० मिटर तल खसेर दुर्घटना भएको थियो। जिटीको शवलाई रामपुर अस्पतालमा पोस्टमार्टमका लागि लगिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएकाे छ।
प्रतिक्रिया


