रुखबाट लडेर ६५ वर्षीया वृद्धाको मृत्यु
दाङको तुलसीपुर-१३ बखरियामा रुखबाट लडेर एक महिलाको मृत्यु भएको छ।
शनिबार बेलुका स्थानीय ६५ वर्षीया शितली कुसारी घर नजिकैको जंगलमा घाँस काट्न गएकी थिइन्। रुखबाट लडेर गम्भीर घाइते भएकी उनको उपचारका क्रममा मृत्यु भएको हो।
बेलुका घर नफर्केपछि खोजतलास गर्दा जंगलमा घाइते अवस्थामा उनलाई फेला पारिएको थियो। तुलसीपुर अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि नेपालगञ्ज लैजाँदै गर्दा बाटोमा नै उनको मृत्यु भएको परिवारले जनाएको छ।
प्रतिक्रिया


