प्रेस चौतारी मकवानपुरको आयोजनामा २ दिने कार्यशाला सुरु

पालिका डायरी
५ माघ २०८०, १८:१४
प्रेस चौतारी मकवानपुरको आयोजनामा २ दिने कार्यशाला सुरु

हेटौंडा / प्रेस चौतारी नेपाल मकवानपुरको आयोजनामा ‘प्रबिधिको विकास र डिजिटल पत्रकारिता(चुनौती र सम्भावनाु विषयक दुइदिने कार्यशाला हेटौंडामा सुरु भएको छ ।

कार्यशालाको उद्घाटन् गर्दै बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेलले समयसापेक्ष रुपमा पत्रकारहरुले आफुलाई तिखार्न जरुरी रहेको बताएका छन् । पहिले एउटा समाचार सुन्नका लागि दुइ दिन लाग्ने भएपनि अहिले डिजिटल जमाना भएकोले तत्काल सुन्न र हेर्न पाइने अवस्था रहेको बताए । अब यो वा उ संगठन भनेर लाग्नु भन्दा पनि व्यावसायीक पत्रकारिता गर्नमा उनले जोड दिए उनले कार्यशालाबाट डिजिटल पत्रकारिताका बारेमा केही न केही सिक्नका लागि आग्रह समेत गरे ।

कार्यशालामा प्रशिक्षक बागमती प्रदेशको सञ्चार रजिष्टार रेवती सापकोटाले ‘प्रबिधिको विकास र डिजिटल पत्रकारिता’ को चुनौती र सम्भावनाका विषयमा प्रशिक्षण दिए । कार्यक्रममा नेपाल पत्रकार महासंघ बागमती प्रदेशका संस्थापक अध्यक्ष प्रताप विष्टले अहिले प्रविधिमा नयाँ पत्रकारको पुस्ता अभ्यस्त भएको बताउदै यस्ता कार्यशालाले पत्रकारिता क्षेत्रको पुराना पुस्ताका अनुभव ज्ञान र नयाँ पुस्ताको क्षमतालाई पत्रकारितामा प्रयोगको निम्ति सकारात्मक हुने बताए ।

कार्यशालामा नेपाल पत्रकार महासङ्घ मकवानपुर उपाध्यक्ष धुर्ब अधिकारी, प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज हरि हुमागाईं, स्वतन्त्र पत्रकारसंघ मकवानपुरका अध्यक्ष गोकुल अधिकारी लगायतकाले शुभकामना मन्तब्य व्यक्त गरेका थिए । कार्यक्रममा प्रेसचौतारी नेपाल बागमती प्रदेशका महासचिब प्रकास दाहाल, पूर्व केन्द्रीय सदस्यहरु उज्वल अधिकारी, दिपेन्द्र रोक्का, चौतारीका निवर्तमान अध्यक्ष धर्मेन्द्र दाहाल लगायतकाको आतिथ्यता रहेको थियो ।

चौतारी मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष पुष्पराज अधिकारीले स्वागत मन्तब्य व्यक्त गरेका थिए । भोलि माघ ६ गतेसम्म संचालन हुने कार्यशालामा मकवानपुरका ४० जना पत्रकारहरुको सहभागिता रहेको छ ।

प्रतिक्रिया