चित्लाङ–चन्द्रागिरी सडक स्तरीकरणमा सामूहिक प्रयास सुरु

पालिका डायरी
३ माघ २०८०, १६:२७

हेटौंडा / चित्लाङ– चन्द्रागिरी सडक स्तरीकरणको लागि आज बुधबार उत्तरी मकवानपुरका नेताहरूले सामूहिक प्रयासको थालनी गरेका छन् । पहिलो पटक नेकपा (एमाले), नेपाली काँग्रेस तथा नेकपा (माओवादी) का नेताहरूले सामूहिक प्रयास सुरु गरेको हो ।

महेश कुमार बर्तौलाको समन्वयमा एकीकृत प्रयासको थालनी भएको हो । आज सांसद बर्तौला सहित पूर्व सांसदहरू रामनारायण बिडारी, सुभाष चन्द्र ठकुरी, नेपाली कांग्रेसका नेता जयराम लामिछाने, थाहा नगरपालिका प्रमुख विष्णु बहादुर बिष्ट, इन्द्रसरोवर गाउँपालिका अध्यक्ष देवकृष्ण पुडासैनी, थाहा ९ का वडा अध्यक्ष राजकुमार बलामी, नेकपा एमाले थाहाका सचिव रामकृष्ण बस्नेत लगायतको समुहले आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटेर यसै आर्थिक वर्षमा १० करोड बजेट माग गरिएको जानकारी दिए । 

टोलीले प्रधानमन्त्रीलाई ४० करोड बराबरको श्रोत सुनिश्चितता गराउन अनुरोध गरेका थिए । प्रधानमन्त्री प्रचण्डले आफूलाई चित्लाङ सडकको महत्वका विषयमा जानकारी रहेको बताउँदै सरकारले आवश्यक बजेट उपलब्ध गराउनेमा निश्चिन्त रहन आग्रह गरेको सांसद बर्तौलाको स्वकीय आशिष अस्लामीले जानकारी दिए । 

प्रतिक्रिया