कठायत भए बसामाडी जेसीज वर्ष २४ को अध्यक्ष

पालिका डायरी
२२ पुष २०८०, ०८:१६

हेटौंडा/ बसामाडी जेसिज बर्ष सन् २०२४ को  अध्यक्षमा उद्द्ब राज कठायत चयन भएका छन् ।

शनिबार भएको बसामाडी जेसीजको २४औं साधारणसभा तथा अधिबेसन बाट कठायत सर्वसम्मत २४ औं अध्यक्ष भएका छन्।

त्यस्तै कार्यकारिणी  उपाध्यक्षमा सुदिप नेपाल र दिपेन्द्र यादब, उपाध्यक्षमा प्रमोद उप्रेती, ध्रुब गौतम , अभ्युदय खनाल र आयुश बोम्जम चयन भएका छन् ।

अध्यक्षमा चयन भएका कठायतले सबैलाई समेट्दै अगी बढ्ने युवाहरुलाई समेट्ने नयाँ कार्यक्रम गर्ने बताएका छन ।

प्रतिक्रिया