थाहा बसपार्कको आधुनिक टर्मिनल भवनको शिलान्यास

पालिका डायरी
२० कार्तिक २०८०, २०:१६

निर्माणाधीन थाहा बसपार्कमा निर्माण हुने भनिएको आधुनिक बसपार्कको टर्मिनल भवन आज एक कार्यक्रमका बीच शिलान्यास गरिएको छ । साढे सात  करोडको लागतमा निर्माण हुने बसपार्कको टर्मिनल भवनको  नगरपालिकाका उपप्रमुख भरत गोपालीले शिलान्यास गरेका हुन ।

पहिलो चरणको कार्यक्रममा साढे सात करोडको लगानीमा  टर्मिनल भवन , बगैंचा , रेष्टुरेन्ट , सपिङ स्टल , अपाङ्गमैत्री शौचालय , गाडीका चालकलाई आराम गर्ने कक्ष ,ग्यारेज ,प्रहरी बिट  पक्की सडक , सडक बत्ती सहितका संरचनाहरू निर्माण गरिने आयोजना कम्पनी सि एण्ड ब्रदर्स कन्तर्कसन साइट इन्जिनियर नवराज खनियाले जानकारी दिए ।

शिलान्यास कार्यक्रममा थाहा नगरपालिकाका उपप्रमुख भरत गोपालीले गुणस्तरीय भौतिक संरचनाको निर्माणमा जोड दिन आग्रह गर्दै निर्माण हुन लागेको संरचनाको सबैले निगरानी गर्नुपर्नेमा जोड दिएका थिए । उपप्रमुख गोपालीले निर्माणमा गुणस्तरीयता र  समयमै निर्माण गर्न निर्माण कम्पनीलाई आग्रह गरे ।

शिलान्यास कार्यक्रममा थाहा बसपार्क व्यवस्थापन समितिका उपाध्यक्ष राम बहादुर खत्री, बसपार्क व्यवस्थापन समितिका सदस्यहरु, अच्युत केसी, सुरेन्द्रमान प्रधान, अरुण लामा, इप्रका प्रमुख श्याम थापा मगर लगायत स्थानीयको उपस्थिति रहेको थियो।

प्रतिक्रिया