यस्तो छ आजको सुनचाँदीको मूल्य

पालिका डायरी
८ असार २०८०, १५:५०
सर्वसाधारणको पहुँच बाहिर सुनको मूल्य फाईल फोटो

साताको अन्तिम दिन शुक्रबार सुनको मूल्य सात सय रुपैयाँले घटेको हो । यसअघि हिजो बिहिबार पनि सुन पाँच सय रुपैयाँले घटेको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा एक लाख ९ हजार ८ सय रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला एक लाख ९ हजार तीन सय रुपैयाँ रहेको छ ।

आज चाँदीको मूल्य पनि घटेको छ । चाँदी आज प्रतितोला २५ रुपैयाँले घटेर प्रतितोला एक हजार तीन सय ३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया