कुशल भुर्तेलको अर्धशतक, जिम्बावेविरुद्ध नेपालको राम्रो सुरुवात

पालिका डायरी
३ असार २०८०, १४:१५
नेपालले फिलिपिन्सलाई दियो २ सय १९ रनको लक्ष्य, कुशल र दीपेन्द्रको कीर्तिमानी साझेदारी file photo

क्रिकेट विश्वकप छनोट अन्तर्गतको जिम्बावे विरुद्ध नेपालले राम्रो सुरुवात गरेको छ।  जिम्बावेको हरारे स्पोर्ट्स क्लबमा घरेलु टोलीले टस जितेर नेपाललाई ब्याटिङको निम्ता दिएको थियो।

सुरुवाती ब्याटिङमा उत्रिएको नेपालले पहिलो र दोस्रो ओभरमा रन नै जोड्न सकेन। तेस्रो ओभरबाट नेपालले रन बनाउन सुरु गरेको थियो।

यसपछि भने ओपनरद्वय कुशल भुर्तेल र आशिफ शेखले राम्रो साझेदारी बनाउन सफल भए।

यसक्रममा भुर्तेलले अर्धशतक प्रहार गरेका छन्। ६३ बलमा ८ चौकाको मद्दतले अर्धशतक प्रहार गरेका हुन्।

भुर्तेलको यो छैटौँ एकदिवसीय अर्धशतक हो। नेपालका लागि आशिफ शेख र रोहित कुमार पौडेलले समान ८ वटा अर्धशतक बनाउँदा ज्ञानेन्द्र मल्लले ७ वटा अर्धशतक बनाएका छन्।

नेपालको प्लेइङ ११

कुशल भुर्तेल, आशिफ शेख, भीम सार्की, रोहित पौडेल, कुशल मल्ल, मोहम्मद आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुलसन कुमार झा, सोमपाल कामी, करण केसी र सन्दीप लामिछाने

प्रतिक्रिया