ब्याजदर घट्ने भएपछि नेप्से ५० अंकले बढ्यो, १३ वटै उपसमूहमा हरियाली

पालिका डायरी
२५ फाल्गुन २०७९
शेयर बजार ७१ अङ्कले बढ्यो, बीमा समूहमा हरियाली, १७ वटा कम्पनीको शेयरमा सर्किट

साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक ५० अंकले वृद्धि भएको छ। वाणिज्य बैंकहरूको छाता संगठन नेपाल बैंकर्स संघले आगामी चैतमा कर्जा र निक्षेपको ब्याजदर घटाउने निर्णय गरेपछि सेयर बजारमा सकारात्मक प्रभाव परेको हो।

आगामी चैत १ गतेदेखि निक्षेपमा शुन्य दशमलव चार प्रतिशत र कर्जामा एक प्रतिशत प्रिमियम दर घटाउने निर्णय गरेको हो। ब्याजदर घट्ने भएपछि निरन्तर घट्दै गएको बजारले अब उचाइ लिने लगानीकर्ताहरू विश्वस्त छन्।

बिहीबार नेप्से परिसूचक ५०.०४ अंकले बढेर २००२.७०को विन्दुमा पुगेको छ। सेन्सेटिभ इण्डेक्स ९.२७ अंकले बढेको छ। नेप्से बढेसँगै कारोबार रकम पनि बुधबारको तुलनामा बढेको छ।

यसदिन २६२ कम्पनीको ४५ लाख ६६ हजार ४३ कित्ता सेयर १ अर्ब ५६ करोड ५५ लाख ८ हजार ८०२ रुपैयाँमा खरिदबिक्री भयो। दुईवटा कम्पनीको मूल्यमा ९ प्रतिशत बढिले वृद्धि भयो।

शुभम् पावरको ९.९८ र नेपाल इन्स्योरेन्स कम्पनीको ९.४४ प्रतिशतले सेयर मूल्य बढ्यो। आज कारोबार रकमका आधारमा शिवम सिमेन्ट शीर्षस्‍थानमा रह्यो।

सो कम्पनीको ७ करोड ८५ लाख बढि मूल्यको सेयर कारोबार भयो। यसैगरी हिमालयन डिस्टिलरीको ५ करोड र अरूण कावेलीको ४ करोड बढि मूल्यको सेयर खरिदबिक्री भयो।

कारोबारमा आएका १३ वटै उपसमूहको सूचक सकारात्मक देखिएका छन्। हाइड्रोपावर,इन्भेस्टमेन्ट,फाइनान्स र लाइफ इन्स्योरेन्स उपसमूहको सूचक ३ प्रतिशत बढिले वृद्धि भयो।

प्रतिक्रिया