तिहारपछि ह्वात्तै घटेको सुनको भाउ आज अरू ओरालो

पालिका डायरी
२९ कार्तिक २०८३, १३:१४
आज सुनचाँदीकै मूल्यमा पहिरो

तिहार बिदापछि शुक्रबार तोलामा १२ हजार ६ सय रुपैयाँ घटेको सुनको भाउ आज आइतबार थप घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य घटेर प्रतितोला २ लाख ७० हजार २ सय रुपैयाँमा झरेको हो।  यसअघि शुक्रबार सुन प्रतितोला २ लाख ७१ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो। तिहारअघि सोमबार सुनको भाउ प्रतितोला २ लाख ८४ हजार ३ सय रुपैयाँ थियो।

यस्तै चाँदीको भाउ पनि थप घटेको छ।  सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको मूल्य ३ हजार ६ सय रुपैयाँ तोकिएको छ।

शुक्रबार चाँदीको मूल्य तोलाको ३ हजार ७ सय रुपैयाँमा थियो भने तिहारअघि सोमबार चाँदी प्रतितोला ३ हजार ८५५ रुपैयाँमा कारोबार भएको थियो।

प्रतिक्रिया