जेनजी आन्दोलनको मूल भावना र आपराधिक गतिविधि छुट्याउनुपर्छ : अध्यक्ष लामा

पालिका डायरी
२३ भाद्र २०८३, २०:२१

हेटौंडा /  नेकपा (एमाले) मकवानपुरका अध्यक्ष हिदम लामाले जेनजी आन्दोलनलाई कुनै व्यक्ति वा राजनीतिक दललाई सत्तामा पुर्‍याउने उद्देश्यमा मात्र सीमित गर्न नहुने बताएका छन्।

लामाले आज एक कार्यक्रमबीच जेनजी आन्दोलनका क्रममा भएका घटनालाई एउटै दृष्टिकोणबाट हेर्न नहुने धारणा राख्दै आन्दोलनको मूल भावना, उद्देश्य र माग तथा आन्दोलनकै क्रममा भएका आपराधिक गतिविधिबीच स्पष्ट रूपमा फरक छुट्याउनुपर्ने बताएका हुन्।

उनका अनुसार जेनजी आन्दोलनले उठाएका विषय र त्यसको मूल भावनालाई गम्भीरतापूर्वक बुझ्न आवश्यक छ। आन्दोलनको नाममा भएका सबै गतिविधिलाई एउटै रूपमा व्याख्या गर्दा वास्तविक आन्दोलनको उद्देश्य ओझेलमा पर्न सक्ने उनको भनाइ छ।

अध्यक्ष लामाले आन्दोलनका क्रममा भएका घटनाको निष्पक्ष र वस्तुनिष्ठ मूल्याङ्कन हुनुपर्नेमा जोड दिँदै आन्दोलनको वास्तविक भावना र आपराधिक घटनालाई अलग–अलग रूपमा हेर्नुपर्ने धारणा व्यक्त गरेका छन्।

प्रतिक्रिया