नीलकण्ठ नगरपालिकाद्वारा बाढीमा ज्यान गुमाउनेका परिवारलाई आर्थिक सहयोग
भोटेकोसी नदीमा आएको अकल्पनीय बाढीमा परी अकालमा ज्यान गुमाएका व्यक्तिका परिवारलाई नीलकण्ठ नगरपालिकाले ४० हजार रुपैयाँ राहत दिन थालेको छ ।
नीलकण्ठ नगरपालिकाका जनप्रतिनिधिले मृतकका आफन्त एवं परिवारजनको घरमै पुगेर सहयोग रकम प्रदान गर्न थालेका हुन् । भोटेकोसीको बाढीमा नीलकण्ठ नगरपालिकाका ३८ जना परेको प्रारम्भिक विवरण प्राप्त भएको नगरपालिकाले जनाएको छ ।
तीमध्ये केहीको मृत्यु पुष्टि भइसकेको छ भने केही अझै सम्पर्कविहीन छन् । केही परिवारले बेपत्ता आफन्त जीवित भेटिने सम्भावना नरहेको ठहर गर्दै अन्तिम काजकिरियासमेत सुरु गरेका छन् ।
सम्पर्कविहीन नागरिकको खोजीका लागि सम्बन्धित निकायसँग समन्वय भइरहेको नगरपालिकाले जनाएको छ ।
प्रतिक्रिया



