भैंसेबाट लागूऔषधसहित एक युवक पक्राउ
AI Photo
मकवानपुर प्रहरीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ ।
प्रहरी चौकी भैंसेबाट खटिएको प्रहरी चेकिङ टोलीले ४ असारमा साँझ करिब ६ बजे भीमफेदी गाउँपालिका-२ भैंसेस्थित सडकखण्डमा सवारी साधन जाँच गर्ने क्रममा एक युवकलाई लागूऔषधसहित पक्राउ गरेको हो ।
हेटौंडाबाट भैंसेतर्फ जाँदै गरेको बा.प्र.०२–०६० प ४२२२ नम्बरको स्कुटर रोकी जाँच गर्ने क्रममा चालक भीमफेदी गाउँपालिका-२ कालिटार निवासी २० वर्षीय सुजल थापामाथि शंका लागेपछि खानतलासी गरिएको थियो । खानतलासीका क्रममा उनले लुकाई-छिपाई राखेको अवस्थामा २ ग्राम ६२० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थ तथा ८ ट्याब्लेट नाइट्राजेपाम फेला परेको प्रहरीले जनाएको छ ।
बरामद लागूऔषधसहित थापालाई नियन्त्रणमा लिई मकवानपुर जिल्ला अदालत, हेटौंडाबाट लागूऔषध सम्बन्धी कसुरमा म्याद अनुमति प्राप्त गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

