डेढ किलो चाँदीसहित ३२ वर्षका युवक पक्राउ

पालिका डायरी
२९ बैशाख २०८३, १४:०३
रुपन्देहीमा पेस्तोलसहित एक जना पक्राउ AI Photo

प्रहरीले भक्तपुरबाट डेढ किलो चाँदीसहित एक युवकलाई पक्राउ गरेको छ।

चाँगुनारायण नगरपालिका वडा नम्बर- ९ ताथलीबाट साढे एक किलो चाँदीसहित सिन्धुपाल्चोकको इन्द्रावती गाँउपालिका वडा नम्बर १० घर भई हाल काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका वडा नम्बर-८ पुलबजार बस्ने ३२ वर्षीय राजु स्वेत पक्राउ परेका हुन्।

प्रदेश ३–०२–०१२ प ४३६४ नम्बरको मोटरसाइकल चढेर नालाबाट च्यामासिंह तर्फ आउँदै गरेका उनलाई जाँच गर्दा उनले बोकेको झोलाबाट चाँदी बरामद भएको प्रहरी परिसर भक्तपुरले जनाएको छ। सोधपुछ गर्दा उनले चाँदी खरिद गरेको कुनै किसिमको कागजातहरू देखाउन नसकेकाले नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी सूचना प्रकाश जबेगुले जानकारी दिए।

उनलाई प्रहरी वृत्त जगाती भक्तपुरमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया