ढुंगाले हानेर छिमेकीको हत्या, आरोपी पक्राउ

पालिका डायरी
१० बैशाख २०८३, ११:२८
होटल संचालन गर्दै आएकी एकल महिलाको हत्या

पाँचथरमा एक व्यक्तिले छिमेकीको हत्या गरेका छन् ।

हिलिहाङ गाउँपालिका-७ निवासी ५२ वर्षीय धनप्रसाद यवाको हत्या भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । धनप्रसादलाई छिमेकी ५४ वर्षीय हरिचन्द्र योक्पाङदेनले ढुंगा प्रहार गरेर हत्या गरेका हुन् ।

बुधबार साँझ आपसी विवादका क्रममा टाउकोमा ढुंगाले हिर्काउँदा धनप्रसादको घटनास्थलै मृत्यु भएको प्रहरीले जनाएको छ । आरोपित हरिचन्द्रलाई प्रहरीले नियन्त्रणमा लिइएको छ ।

मृतकको शव पोस्टमार्टमका लागि पाँचथर जिल्ला अस्पतालमा राखिएको प्रहरी नायब उपरीक्षक अनिषकुमार कर्णले जानकारी दिए ।

प्रतिक्रिया