बँदेल ठानेर गोली हान्दा १९ वर्षीय युवकको मृत्यु, युवती घाइते

पालिका डायरी
३ बैशाख २०८३, १४:५७

प्युठानको गौमुखी गाउँपालिका–४ मा सिकार खेल्ने क्रममा भरुवा बन्दुकबाट गोली चल्दा १९ वर्षीय सुशील परियारको मृत्यु भएको छ भने एक १८ वर्षीया किशोरी घाइते भएकी छन् ।

चार युवाको समूहले जंगलमा बँदेल ठानेर गोली चलाउँदा घटना भएको प्रहरीले जनाएको छ । घाइतेलाई अस्पताल पुर्‍याए पनि सुशीलको उपचारकै क्रममा मृत्यु भएको हो, भने किशोरीको अवस्था खतरामुक्त छ ।

घटनामा संलग्न २७ वर्षीय वीरेन्द्र केसीसहित चार जना पक्राउ परेका छन् र उनीहरूविरुद्ध कर्तव्य ज्यान तथा हातहतियारसम्बन्धी मुद्दा चलाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया