सरकारले दिएको ‘धोका’को बदला: ओखलढुङ्गाको सातसल्लेमा एक जनाले पनि गरेनन् मतदान
ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिका वडा नं ७ का बासिन्दाहरूले अस्पताल नबने भोट नहाल्ने अडान राख्दै प्रतिनिधि सभाको निर्वाचन प्रक्रिया नै पूर्ण रूपमा बहिष्कार गरे ।
स्थानीय स्तरमा प्रादेशिक अस्पताल निर्माणका लागि प्रदेश सरकारलाई १६५ रोपनीभन्दा बढी जग्गा निःशुल्क उपलब्ध गराए पनि वर्षौँसम्म निर्माण प्रक्रिया अघि नबढेपछि आक्रोशित स्थानीयले २०८२ सालको प्रतिनिधि सभाको निर्वाचन नै बहिस्कार गरेका हुन् ।
वडा सदस्य भीम बहादुर भुजेलका अनुसार, वडामा रहेका दुई वटा बुथमध्ये ७०१ जना मतदाता रहेको माथिल्लो भेगको सहिद स्मृति आबि सातसल्ले मतदान केन्द्रमा एक जनाले पनि मत नखसाली साँझ कर्मचारी फर्किएका छन् । सोही वडाको अर्को हर्कपुर मावि मतदान केन्द्रमा ५७६ मतदाता भएकोमा मतदान सफल भएको छ ।
प्रतिक्रिया


