मकवानपुरमा ३ बजेसम्म ५३ प्रतिशत मत खस्यो
हेटौँडा / मकवानपुरमा ३ बजेसम्म ५३ प्रतिशत मतदान भईसकेको मकवानपुरका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले जानकारी दिएका छन् ।
हालसम्म मकवानपुरको जिल्लाभर निर्वाचन शान्तिपूर्ण रुपमा भइरहेको जानकारी प्राप्त भएको छ । प्रतिनिधि सभा निर्वाचन क्षेत्र मकवानपुर-१ मा ६२ मतदान स्थल र १७८ मतदान केन्द्रमार्फत एक लाख ५८ हजार ४३४ मतदाता हरेका छन् ।
त्यस्तै, मकवानपुर-२ मा १०५ मतदान स्थल र १९६ मतदान केन्द्रमार्फत एक लाख ५६ हजार ८९९ मतदाता रहेका छन् ।
प्रतिक्रिया


