मकवानपुरमा ३० प्रतिशत मतदान

पालिका डायरी
२१ फाल्गुन २०८२, १२:४४
मकवानपुरमा ३० प्रतिशत मतदान

हेटौँडा /  मकवानपुरमा ३० प्रतिशत मतदान सम्पन्न भएको छ ।

बिहान ७ बजेदेखि मतदान सुरु भएकोमा १२:१५ बजेसम्म ३० प्रतिशत हाराहारी मतदान सम्पन्न भएको छ । प्रदेश निर्वाचन कार्यालय हेटौँडा, बागमतीका प्रमुख निर्वाचन अधिकारी हरि प्रसाद ढकालका अनुसार १२:१५ बजेसम्म ३० प्रतिशत हाराहारीमा मतदान भएको छ ।

जिल्लाभर निर्वाचन शान्तिपूर्ण रुपमा भइरहेको ढकालले जानकारी दिए । प्रतिनिधि सभा निर्वाचन क्षेत्र मकवानपुर-१ मा ६२ मतदान स्थल र १७८ मतदान केन्द्रमार्फत एक लाख ५८ हजार ४३४ मतदाता हरेका छन् ।

त्यस्तै मकवानपुर-२ मा १०५ मतदान स्थल र १९६ मतदान केन्द्रमार्फत एक लाख ५६ हजार ८९९ मतदाता रहेका छन् ।

प्रतिक्रिया