राष्ट्रपतिले आह्वान गरे राष्ट्रिय सभाको अधिवेशन

पालिका डायरी
२८ पुष २०८२, १८:३१
राष्ट्रपतिले आह्वान गरे राष्ट्रिय सभाको अधिवेशन

राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रियसभाको अधिवेशन आह्वान गरेका छन् ।

उनले सोमबार नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा आगामी माघ ४ गते आइतबारका दिन ११ः०० बजे संघीय संसद् सचिवालय, सिंहदरबारमा राष्ट्रियसभाको अधिवेशन आह्वान गरेको रास्ट्रपतिको कार्यालयले जनाएको छ।

मन्त्रिपरिषद्को आजै बसेको बैठकले राष्ट्रिय सभाको अधिवेशन आह्वानका लागि सिफारिस गर्ने निर्णय गरेको थियो।  भदौ २३ गतेको जनेजी आन्दोलनपछि प्रतिनिधि सभा भने विघटन भएको छ। त्यति नै बेला राष्ट्रिय सभाको अधिवेशन पनि अन्त्य गरिएको थियो।
प्रतिक्रिया