समानुपातिक सूचीमा चेपाङ समुदायबाट यी ३ जनाको नाम

पालिका डायरी
१६ पुष २०८२, १०:४६
समानुपातिक सूचीमा चेपाङ समुदायबाट यी ३ जनाको नाम

आउँदो फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि ६४ राजनीतिक दलले समानुपातिक प्रणालीतर्फ उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा पेस गरिसकेका छन्।

त्यसमा देशभरबाट जम्मा ३ जना चेपाङको नाम परेको नेपाल चेपाङ संघका केन्द्रीय अध्यक्ष गोविन्दराम चेपाङले जानकारी दिए। उनका अनुसार समानुपातिकको बन्दसूची पेस गर्दा ३ दलले मात्र अल्पसंख्यक चेपाङ समुदायका तीन जनाको नाम समानुपातिक सूचीमा समावेश गरेका हुन्।

जसमा चेपाङ समुदायको उल्लेख्य बसोबास रहेको मकवानपुर र चितवनका छन्। तीमध्ये नेपाल चेपाङ संघका केन्द्रीय महासचिव सन्तबहादुर चेपाङको नाम नेकपा एमालेले समानुपातिकमा राखेको हो भने सामाजिक अभियन्ता विश्वास चेपाङको नाम प्रगतिशील लोकतान्त्रिक पार्टीले आफ्नो समानुपातिक बन्दसूचीमा समावेश गरेको हो।
विश्वास अहिले संयुक्त राष्ट्रसंघीय जैविक विविधता महासन्धि (२०२५-२०२७) अन्तर्गत वैज्ञानिक तथा प्राविधिक सहयोगका लागि अनौपचारिक सल्लाहकार समूहका सदस्य छन्। यस्तै उनी चेपाङ समुदायको हकहित र संरक्षणमा पनि सक्रिय छन्। यसैगरी मकवानपुरका मंगलसिंह चेपाङको नाम नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले समानुपातिकको बन्दसूचीमा राखेको छ।

युवातर्फ समानुपातिकमा समेटिएका प्रजा तत्कालीन नेकपा माओवादी केन्द्रका सक्रिय नेता हुन्।

प्रतिक्रिया