चितवनबाट प्रधानमन्त्रीलाई रविको अपिल : अनुहार उज्यालो पार्नुहोस्, डन्डा चलाउनुहोस्

पालिका डायरी
५ पुष २०८२, १४:१५

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रधानमन्त्री सुशीला कार्कीलाई अनुहार उज्यालो बनाउन र निर्धक्कसँग काम-कारबाही अघि बढाउन आग्रह गरेका छन्।

आफू नक्खु कारागारमा रहेका बेला कहिलेकाहीँ टेलिभिजन हेर्दा प्रधानमन्त्रीको अनुहार अँध्यारो देख्ने गरेको उनले बताए।

शनिबार चितवनमा पार्टी कार्यकर्तालाई सम्बोधन गर्दै सभापति लामिछानेले प्रधानमन्त्री कार्कीको साथमा रास्वपा रहेको बताए।

‘आफ्नो अनुहार उज्यालो पार्नुहोस् प्रधानमन्त्रीज्यू, रास्वपा तपाईंको साथमा छ’, उनले भने, ‘सुशासनको डन्डा चलाउनुहोस्। चुनाव गराउनुहोस्। रास्वपा तपाईंको साथमा छ। अनुहारमा हाँसो ल्याउनुहोस् प्रधानमन्त्रीज्यू।’

पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेले प्रधानमन्त्री कार्की न्यायालयको मूर्ति रहिसकेको व्यक्ति भएको भन्दै देशलाई पनि न्याय दिलाउन आग्रह गरे।

उनले प्रधानमन्त्रीको साथमा सिंगो देश रहेको पनि बताए।

प्रतिक्रिया