एमाले प्रतिनिधिको निर्वाचनमा मन्त्री नै पराजित
नेकपा (एमाले) को ११औं महाधिवेशनका लागि भएको प्रतिनिधि छनोट निर्वाचनमा बागमती प्रदेशका श्रम, रोगगार तथा यातायातमन्त्री जयराम थापा पराजित भएका छन्।
काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ४ बाट खुल्लातर्फ प्रतिनिधिको उम्मेदवार बनेका थापा पराजित भएका हुन् थापाले २ सय १ मत प्राप्त गरेका थिए । खुलातर्फ दुई प्रतिनिधि छनोटका लागि १३ जना उम्मेदवार रहेका थिए।
यो क्षेत्रमा सबै गरी पाँच जना प्रतिनिधिका लागि भएको निर्वाचनमा श्रीकृष्ण श्रेष्ठ, उद्धव खरेल, सुनिता गुरुङ, सरस्वती कार्की र प्रकाश कटुवाल निर्वाचित भएका छन्।
पाँच जना प्रतिनिधिका लागि यस क्षेत्रमा २७ जनाको उम्मेदवारी दर्ता भएको एमाले काठमाडोँका अध्यक्ष दीपक निरौलाले जानकारी दिए।

प्रतिक्रिया



