कान्तिलोकपथमा खसेको ढुङ्गा हटाइएपछि यातायात सुचारु

पालिका डायरी
१६ कार्तिक २०८२, १०:५६
हेटौंडा–काठमाडौं जोड्ने कान्तिलोकपथ खुल्यो File Photo

हेटौंडा /  बकैया गाउँपालिका–११ घट्टेपाखास्थित कान्तिलोकपथ सडकखण्डमा खसेको ठूला ढुङ्गा हटाइएपछि सडक सञ्चालनमा आएको छ। आइतबार बिहान करिब ६ः५५ बजे माथिबाट ठूलो ढुङ्गा खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको थियो।

घटनापछि इलाका प्रहरी पोष्ट जितपुरबाट खटिएको प्रहरी टोली र स्थानीय निकायको समन्वयमा सडकमा खसेको ढुङ्गा हटाउने कार्य सम्पन्न गरिएको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) पुष्कर बोगटीले जानकारी दिए।

उनका अनुसार केही घण्टाको प्रयासपछि सडक खुलाइएको र हाल दुबै तर्फको सवारी आवागमन सुचारु भइसकेको छ।

प्रतिक्रिया