नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत गाईघाटमा सातवटा सवारी एकआपसमा ठोक्किए
नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत गाईघाट क्षेत्रमा सात वटा सवारीसाधन एक आपसमा ठोक्किएका छन्। शनिबार (आज) बिहान करिब ७ बजेतिर एकैपटक सातवटा गाडीले ठक्कर खाएका हुन्।
प्रत्यक्षदर्शीका अनुसार एक ट्रकले अचानक ब्रेक लगाउँदा पछाडिबाट आइरहेका अन्य सवारीसाधनहरू एकपछि अर्को ठोक्किँदा श्रृंखलाबद्ध दुर्घटना भएको हो।ठोक्किएका सवारीमध्ये मालबाहक ट्रक, यात्रुबाहक बस, माइक्रोबस र केही निजी कार रहेका छन्।
घटनास्थलमा तत्कालै इलाका प्रहरी कार्यालय मुग्लिनको टोली पुगेर उद्धार कार्य सुरु गरेको प्रहरीले जनाएको छ। केही यात्रुहरू सामान्य रूपमा घाइते भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ भने घाइतेहरूको अवस्था र सङ्ख्या सम्बन्धी थप विवरण सङ्कलन भइरहेको प्रहरीले बताएको छ। दुर्घटनामा घाइते भएकाहरूको उद्धार कार्य जारी छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरले जनाएको छ।


