जेनजी युवाबीच विवादपछि शीतल निवासको छलफल स्थगन
file photo
जेनजीका प्रतिनिधिबीच सहभागिताका लागि विवाद भएपछि राष्ट्रपति रामचन्द्र पौडेलले आज आह्वान गरेको बैठक स्थगन गरिएको छ।
प्रधानमन्त्री सुशीला कार्कीसहित शीतल निवासमा आयोजित छलफलमा को-को सहभागी हुने भन्ने विषयमा जेनजी युवाबीच मतभेद भएपछि राष्ट्रपतिले बैठक स्थगन गरेका हुन्।
वार्ताका लागि सुदन गुरुङको टोली शीतल निवास छिरेपछि बाहिर रहेका जेनजी युवाहरूले नाराबाजी गरेका थिए। त्यसपछि छलफल सोमबारका लागि सारिएको राष्ट्रपतिको सचिवालयले जनाएको छ। अब सोमबार दिउँसो ३ बजे छलफल हुनेछ।
भदौ २३ र २४ गतेको भएको जेनजी आन्दोलनको खास नेतृत्वकर्ता नहुँदा नेतृत्व दाबीका लागि युवाहरूबीच विवाद छ। ककसलाई जेनजीका प्रतिनिधि मान्ने भन्ने अन्योल हुँदा सरकार पनि अप्ठेरोमा परेको छ। यद्यपि आन्दोलनयताका हरेक वार्तामा सुदन गुरुङ अगाडि सरिरहेका छन्।
प्रतिक्रिया

