हेटौंडा-कुलेखानी-फाखेल-फर्पिङ सडक एकतर्फी सञ्चालन
photo/ aash bahadur lama
हेटाैंडा / निरन्तरको वर्षापछि विभिन्न स्थानमा पहिरो खसेपछि हेटौंडा–काठमाडौं आवागमनमा समस्या उत्पन्न भएको छ । हाल हेटौंडा-कुलेखानी-फाखेल-फर्पिङ सडक एकतर्फी सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
प्रहरीका अनुसार अन्य सबै वैकल्पिक मार्गहरू अहिले बन्द छन्। त्रिभुवन राजपथ अन्तर्गत हेटौंडा–पालुङ–नौबिसे खण्डमा ठूला पहिरो खसेका कारण यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ। पहिरो हटाउने कार्य जारी रहे पनि बाटो खुल्न केही समय लाग्ने अनुमान गरिएको छ।
त्यस्तै हेटौंडा ठिंगन हुँदै सातदोबाटो जाने कान्ति लोकपथ पनि पहिरोका कारण अवरुद्ध छ । पहिरो पन्छाउने प्रयास भइरहे पनि आवागमन तत्काल सहज हुने सम्भावना कम रहेको प्रहरीको भनाइ छ।
सिस्नेरी बजारतर्फको बाटो पनि अवरुद्ध रहेको प्रहरीले जनाएको छ। प्रहरीले यात्रुहरूलाई अत्यावश्यक बाहेकका यात्रामा ननिस्कन र सूचना तथा निर्देशनको पालना गर्न आग्रह गरेको छ।

