जन्मदिनको अवसरमा लामाद्वारा मामाघर नेपाललाई सहयोग

पालिका डायरी
१ आश्विन २०८२, २१:५१

हेटौंडा / “जन्मदिनलाई मात्र उत्सव होइन, सामाजिक उत्तरदायित्वसँग पनि जोडौँ” भन्ने प्रेरणादायी सन्देशसहित भिमफेदी–४ निवासी आदरणीय स्व. रमेश लामा र रश्मि लामा ज्युका छोरा, हाल क्यानडा निवासी रौनक लामाले आफ्नो जन्मदिनलाई विशेष बनाउँदै सडक बालबालिका व्यवस्थापनमा सक्रिय संस्था मामाघर नेपाल मकवानपुरलाई सहयोग गरेका हुन्।

उनले जन्मदिनको अवसरमा संस्थामा आश्रित बालबालिकामाझ १ दिनभरिको खाना र खाजाको व्यवस्था गरेका हुन् । यस सहयोगले संस्थाका बालबालिकामा हर्षोल्लास थप्नुका साथै सामाजिक उत्तरदायित्वप्रतिको उदाहरणीय योगदान प्रस्तुत गरेको छ।

मामाघर नेपाल मकवानपुर परिवारले रौनक लामालाई स्वास्थ्य, दीर्घायु र प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गर्दै, संस्थासँगको निरन्तर सहकार्य र साथका लागि उहाँको सम्पूर्ण परिवारप्रति विशेष धन्यवाद प्रकट गरेको छ।

प्रतिक्रिया