धादिङमा बस र टिपर ठोकिँदा ६ जना घाइते, १ को अवस्था गम्भीर

पालिका डायरी
१ आश्विन २०८२, ११:५१

धादिङको थाक्रेमा बस र टिपर आपसमा ठोकिँदा ६ जना घाइते भएका छन् ।

पृथ्वी राजमार्गमा पर्ने थाक्रे गाउँपालिका २ बाह्र किलो भन्ने ठाउँमा आज बिहान दुईवटा गाडी ठोक्किएका हुन् । भैरहवाबाट काठमाडौँतर्फ आउँदै गरेको लुम्बिनी प्रदेश ०१ ख ३३५ नम्बरको रात्रि बस र विपरीत दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०१–००६ ख ४२६० ट्रिपरआपसमा ठोक्किएका जिल्ला प्रहरी कार्यालय दादिङले जनाएको छ ।

सामान्य घाइते पाँच जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । गम्भीर घाइते कंञ्चन गाउँपालिका ४ बस्ने वर्ष ६० की आईत बाहारी थारुलाई थप उपचारका लािग ट्रमासेन्टर काठमाडौँ ल्याइएको छ ।

प्रतिक्रिया