हेटौंडाबाट दुई सय २५ क्याप्सुल ट्रामाडोलसहित रिजाल पक्राउ

पालिका डायरी
३० भाद्र २०८२, १७:४५
पाँच राउण्ड गोली र लागूऔषधसहित दुई जना पक्राउ file photo

हेटौंडा /  जिल्ला प्रहरी कार्यालय मकवानपुरले प्रतिबन्धित लागुऔषध ट्रामाडोलसहित एक युवकलाई नियन्त्रणमा लिएको छ।

आइतबार (हिजो) विशेष सूचनाको आधारमा प्रहरी टोलीले हेटौंडा उपमहानगरपालिका–११ थानाभर्‍याङ सिमलटार क्षेत्रमा लागुऔषध कारोवार भइरहेको अवस्थामा २३ वर्षीय अजय रिजाललाई पक्राउ गरेको हो।

प्रहरीले रितपूर्वक खानतलासी गर्ने क्रममा रिजालको साथबाट लुकाइ–छिपाइ राखिएको अवस्थामा २२५ क्याप्सुल ट्रामाडोल फेला परेको बताइएको छ। बरामद गरिएको लागुऔषधसहित उनलाई नियन्त्रणमा लिएर आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय मकवानपुरमा ल्याइएको प्रहरीले जनाएको छ।

यस सम्बन्धमा सम्मानित मकवानपुर जिल्ला अदालत, हेटौंडाबाट म्याद अनुमती लिई थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ।

प्रतिक्रिया