गोली चलाउन आदेश दिएको भन्दै केपी ओलीविरुद्ध जाहेरी

पालिका डायरी
२८ भाद्र २०८२, १७:०१
गोली चलाउन आदेश दिएको भन्दै केपी ओलीविरुद्ध जाहेरी

जेनजीको शान्तिपूर्ण प्रदर्शनमा गोली चलाउन आदेश दिएको भन्दै निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध कर्तव्य ज्यान मुद्दामा जाहेरी परेकाे छ ।

पूर्वप्रतिनिधिसभा सदस्य तथा नेपाली कांग्रेस सांसद अभिषेक प्रताप शाहले कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी (सीडीओ) दिलकुमार तामाङमार्फत महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरमा जाहेरी दिएका हुन् । जाहेरीमा ओलीले नै गोली चलाउन आदेश दिएको दाबी गरिएको छ ।

जाहेरीमा ओलीमाथि जघन्य अपराधको अभियोग लगाउँदै घटनाको गहिरो अनुसन्धान गरी प्रमाणसहित कानुनी कारबाही गर्न माग गरिएको छ । साथै, शव परीक्षण रिपोर्ट र घटनास्थल मुचुल्का प्रमाणका रूपमा पेस गर्न माग गरिएको छ ।

जाहेरीमा मृतकहरूको नाम समेत समावेश गरिएको छ ।

प्रतिक्रिया