गृह मन्त्रीकाे राजिनामा माग्दै संसदमा प्रतिपक्षीकाे नारावाजी, बैठक स्थगित (हेर्नुस तस्विर)
प्रतिनिधिसभा बैठकमा गृहमन्त्री रमेश लेखकको राजीनामा मागिएकाे छ । भिजिट भिषा प्रकरणमा मुछिएका मन्त्री लेखककाे राजिनामा माग गर्दै संसदमा नाराबाजी गरे पछि बैठक स्थगित भएकाे छ ।
गृहमन्त्री रमेश लेखकको राजीनामा र उच्चस्तरीय छानबिन आयोगको माग राख्दै विपक्षी दलहरूले सदन अवरोध गरेका थिए, आजै बस्ने गरी ३० मिनेटका लागि बैठक स्थगित गरिएको हो ।
प्रतिनिधि सभाको सुरुमै बोल्दै माओवादीको उपमहासचिव वर्षमान पुनले यो सामान्य भ्रष्टाचारको घटना मात्रै नभई संगठित मानव तस्करीसँग जोडिएको आरोप लगाएका थिए ।





प्रतिक्रिया

