सुनको भाउ तोलामा १४ सय बढ्यो

पालिका डायरी
११ जेष्ठ २०८२, ११:४८
सुनको भाउ बढ्यो, चाँदीको घट्यो

आज सुनको मूल्य तोलामा १ हजार ४ सय रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला १ लाख ९१ हजार ८ सय रुपैयाँ पुगेको हो। यसअघि शुक्रबार सुनको मूल्य तोलाको १ लाख ९० हजार ४ सय रुपैयाँ थियो । हिजो शनिबार भने सुनचाँदीको भाउ तोकिएन ।

चाँदीको भाउ भने अघिल्लो दिन (शुक्रबार) कै कायम भएको छ । अर्थात् आज पनि चाँदी प्रतितोला २ हजार ५ रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

प्रतिक्रिया