मकवानपुरगढीमा खाटबाट लडेर एकजना घाइते

पालिका डायरी
२० बैशाख २०८२, १२:१५
palika diary

हेटौंडा / मकवानपुरगढी गाउँपालिका–४ घलानटोलमा एक पुरुष खाटबाट लडेर घाइते भएका छन् ।

हिजो शुक्रबार दिउसाे अन्दाजी ४६ वर्षीय पहलमान बिक आफ्नै घरको खाटमा सुतिरहेको अवस्थामा अचानक लडेर टाउको पछाडि चोट लाग्दा घाइते भएकाे बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जानकारी दिएकाे छ।

घाइते बिकलाई तत्काल हेटौंडा अस्पताल लगिएको थियो त्यहाँ सामान्य उपचारपछि थप उपचारका करिब ४ बजे भरतपुरस्थित सरकारी अस्पतालमा रिफर गरिएको प्रहरीले जनाएको छ।

हाल घाइते बिकको अवस्था मध्यम रहेको र घटनाबारे थप जानकारी संकलन कार्य जारी रहेको मकवानपुर प्रहरीले जनाएको छ।

प्रतिक्रिया