हिजो तोलामा १४ सय घटेको सुनको मूल्य आज बढ्यो
हिजो तोलामा १४ सय रुपैयाँ घटेको सुनको मूल्य आज केही बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला पाँचसय रुपैयाँले बढेको हो । हिजो सुन तोलामा एक हजार चारसय रुपैयाँले घटेको थियो ।
सुनको मूल्य आज प्रतितोला एक लाख ८८ हजार आठसय रुपैयाँ पुगेको छ । हिजो सुन प्रतितोला एक लाख ८८ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो ।
गत मंगलबार सुनको मूल्य एक लाख ९७ हजार नौसय रुपैयाँ पुगेको थियो । सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो । आज चाँदीको मूल्य भने स्थिर छ । चाँदी आज प्रतितोला एक हजार नौ सय ७० रुपैयाँमै कारोबार भइरहेको महासंघले जनाएको छ।
प्रतिक्रिया

