सुनको मूल्य एकैदिन तोलामा झन्डै १६ हजारले घट्यो

पालिका डायरी
१० मंसिर २०८१, ११:०७
सुनको भाउ बढ्यो, चाँदीको घट्यो

सुनको मूल्य सोमबार एकैदिन तोलामा झन्डै १६ हजार रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबार छापावाल सुनको मूल्य तोलाको एक लाख ५१ हजार ३०० रुपैयाँ कायम गरेको छ । आइतबार छापावाल सुन प्रतितोला एक लाख ६७ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

अर्थ मन्त्रालयले सुनको भन्सारदर घटाएर १० प्रतिशत कायम गरेपछि मूल्यमा उच्च गिरावट आएको हो । अन्तर्राष्ट्रिय बजारमा मूल्य घट्नु तथा सरकारले भन्सारदर समेत घटाएका कारण मूल्यमा ठूलो गिरावट आएको नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष तेजरत्न बज्राचार्यले बताए ।

यस दिन चाँदीको मूल्य पनि तोलामा ११५ रुपैयाँले घटेको छ । चाँदी प्रतितोला एक हजार ८४५ रुपैयाँ कारोबार भइरहेको महासंघले जनाएको छ । आइतबार चाँदीको मूल्य तोलाको एक हजार ९६० रुपैयाँ थियो ।

प्रतिक्रिया