बिहीबार २२ सय रुपैयाँले घट्यो सुनको मूल्य

पालिका डायरी
२९ कार्तिक २०८१, ११:१३
सुनको भाउ बढ्यो, चाँदीको घट्यो

साताको कारोबारको पाँचौं दिन बिहीबार सुनको मूल्य घटेको छ ।

कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला २२ सय रुपैयाँले घटेको हो । कारोबारको अघिल्लो दिन प्रतितोला एक लाख ६२ हजार दुई सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज २२ सय रुपैयाँले घटेर एक लाख ६० हजार रुपैयाँमा कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य ३५ रुपैयाँले घटेर प्रतितोला १९०५ रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रति १० ग्राम छापावाला सुनको मूल्य एक लाख ३७ हजार १ सय ७५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १६३३.५० रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया