एकैदिन सुनको मूल्य ४ हजार रुपैयाँ घट्यो

पालिका डायरी
२२ कार्तिक २०८१, १२:०८
सुनको भाउ बढ्यो, चाँदीको घट्यो

नेपाली बजारमा एकैदिन सुनको मूल्य तोलामा ४ हजार रुपैयाँ घटेको छ ।

नेपाल सुनचाँदी  व्यवसायी महासंघका अनुसार अघिल्लो दिन तोलामा १ लाख ६८ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार ४ हजार रुपैयाँ घटेर तोलामा १ लाख ६४ हजार ५०० रुपैयाँ कायम भएको हो ।

यस्तै बिहीबार चाँदीको मूल्य पनि घटेको छ । अघिल्लो दिन तोलामा २ हजार १५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बिहीबार घटेर तोलामा १ हजार ९६० रुपैयाँ कायम भएको हो ।

प्रतिक्रिया