चन्द्रागिरिमा दुर्घटना, १ जना गम्भीर घाइते
काठमाडौँको चन्द्रागिरिमा आज (शनिबार) बिहान गाडीले मोटरसाइकललाई ठक्कर दिँदा एक जना गम्भीर घाइते भएका छन्।
बलम्बु प्रहरी प्रभागका प्रहरी निरीक्षक उपेन्द्रप्रसाद आचार्यका अनुसार चन्द्रागिरि नगरपालिका–१ र नागार्जुन नगरपालिकाको सीमा विन्दबासिनी गेटमा बागमती प्रदेश ०१ ०२५च ९२४३ नम्बरको गाडी र बागमती प्रदेश ०१७ प १०९ नम्बरको मोटरसाइकल आपसमा ठोकिएका हुन्।
दुर्घटनामा एक जना गम्भीर घाइते भएको र उनलाई कलंकीस्थित सहिद मेमोरियल अस्पताल पठाइएको उनले जानकारी दिए। ‘हामी भर्खर घटनास्थल आइपुगेका छौँ’, प्रहरी निरीक्षक आचार्यले भने, ‘विस्तृत कुरा बुझ्नै बाँकी छ।’
प्रतिक्रिया


