मुस्ताङको थासाङमा हिमपहिरो

पालिका डायरी
७ भाद्र २०८१, १६:२९
मुस्ताङको थासाङमा हिमपहिरो

काठमाडौं /  मुस्ताङको थासाङ गाउँपालिका-२ मा हिमपहिरो गएको छ ।

पहिरोका कारण जोखिममा परेका केही घरका मानिसहरूलाई अहिले सुरक्षित स्थानमा सारिएको मुस्ताङ प्रहरीले जानकारी दिएको छ ।

हिमपहिरो स्थानीय बोक्सी खोला भन्दा आधा घण्टामाथि रोकिएको बताइएको र कुनै पनि बेला उक्त पहिरो बगेर तल आउने भएकाले त्यसको जोखिम हुननसक्ने अनुमान गरिएको छ ।  झण्डै दुई घण्टादेखि उक्त खोला थुनिएपछि निरीक्षणका लागि अहिले जिल्ला प्रहरी कार्यालयको टोली पुगेको छ।

टोलीले ड्रोन क्यामेराको सहायतामा निरीक्षण गर्दा हिमपहिरो खसेको पाइएको हो। थुनिएको नदी बग्दै बोक्से भन्ने खोलामा मिसिन्छ।

प्रतिक्रिया