आँबुखैरेनी बस दुर्घटनाका १२ घाइतेलाई सेनाको हेलिकप्टरबाट काठमाडौँ ल्याइयो
तनहुँको आँबुखैरेनीस्थित ऐनापहराबाट मर्स्याङ्दी नदीमा खसेको यूपी ५३ एफटी ७६२३ नम्बरको भारतीय बस दुर्घटनाका १२ जना घाइतेलाई उपचारका लागि काठमाडौँ ल्याइएको छ ।
नेपाली सेनाको एमआई १७ हेलिकप्टरबाट उनीहरूलाई काठमाडौँ ल्याइएको तनहुँका प्रहरी प्रमुख एसपी बिरेन्द्र बहादुर शाहीले जानकारी दिए ।
उनीहरूको उपचार त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा भइरहेको छ । उनका अनुसार, एक जना घाइतेलाई चितवनस्थित चितवन मेडिकल कलेज (सीएमसी) लगिएको छ । भारतको गोरखपुरबाट नेपाल आएका उनीहरू पोखरा हुँदै काठमाडौँ आउने क्रममा तनहुँको आँबुखैरेनीमा दुर्घटनामा परेको थियो ।
दुर्घटनामा परेर १४ जनाको मृत्यु भएको छ भने १७ जना घाइते छन् । अन्यको खोजी कार्य जारी छ ।
प्रतिक्रिया


