इनार सफा गर्दा बेहोस भएका २ व्यक्तिको मृत्यु

पालिका डायरी
५ भाद्र २०८१, १३:३१
इनार सफा गर्दा बेहोस भएका २ व्यक्तिको मृत्यु

दाङको तुलसीपुरमा आज (बुधबार) बिहान इनार सफा गर्ने क्रममा दुई जनाको मृत्यु भएको छ। दाङ जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी रामप्रसाद तिमल्सिनाकाम अनुसार तुलसीपुर उपमहानगरपालिका-१३, दमारगाउँस्थित इनारमा पसेका १६ वर्षीय मुकेश विक र ३८ वर्षीय यामबहादुर नेपालीको मृत्यु भएको हो।

उनीहरू स्थानीय दुर्गा विकको इनार सफा गर्न भनेर बिहान १० बजेतिर भित्र पसेका थिए।  ‘इनारभित्र उनीहरू बेहोस भएका उनीहरूलाई उद्धार गरी तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताल पुर्‍याइएको थियो, तर चिकित्सकले मृत घोषणा गरे’, डीएसपी तिमल्सिनाले जानकारी दिए ।

‘प्रायः इनारभित्र अक्सिजन नपुगेर त्यस्तो दुर्घटना हुने गर्छ’, डीएसपी तिमल्सिनाले भने, ‘तर खास कुरो के हो, हामी अनुसन्धान गर्दै छौँ।’ ‘इनारभित्र उनीहरू आफैँ पसेका थिए वा कसैले खसालिदियो’, उनले थपे, ‘यो कुरा हामी बुझिरहेका छौँ, तर जहाँसम्म लाग्छ– उनीहरू कामदार थिए।’

प्रतिक्रिया