सेयर बजारमा हालसम्मकै सर्वाधिक कारोबार, तोडियो २८ सयको मनोवैज्ञानिक विन्दु

पालिका डायरी
२७ श्रावण २०८१, १५:२४
शेयर बजार ७१ अङ्कले बढ्यो, बीमा समूहमा हरियाली, १७ वटा कम्पनीको शेयरमा सर्किट

सेयर बजारमा हुने दैनिक कारोबार रकममा फेरि एकपटक नयाँ रेकर्ड बनेको छ ।

यसअघि गत मंगलबार २३ अर्ब ५० करोडको कारोबार भएर ऐतिहासिक रेकर्ड कायम गरेकोमा त्यो रेकर्ड समेत तोडिएको हो । आइतबार २५ अर्ब ७७ करोड रूपैयाँको सेयर कारोबार भएको छ । कारोबार मात्रै होइन सेयर बजार परिसूचक ३० महिनाकै उच्च विन्दुमा आइपुगेको छ । नेप्सेले २८ सयको मनोवैज्ञानिक प्रतिरोध पार गरेसँगै ३० महिनाकै उच्च विन्दुमा आइपुगेको हो ।

नेप्से एकैदिन ९४.५३ अंकले बढेर २८६०.९१ विन्दुमा आइपुगेको हो। यसअघि नेप्से २०७८ माघ २० गते २८७६.७४ विन्दुमा थियो । गत सातादेखि नेप्सेले २८ सयमा कडा प्रतिरोध पाइरहेको थियो । यो प्रतिरोध पार गरेसँगै बजार थप बढ्ने लगानीकर्ताहरूको अनुमान छ । यसदिन ३३० वटा धितोपत्रको छ करोड तीन लाख २१ हजार ३२३ कित्ता सेयर किनबेच भएको हो ।

आइतबार २२५ कम्पनीको सेयर मूल्य बढेको छ भने १५ वटाको घटेको छ । यस्तै दुई कम्पनीको मूल्य स्थिर रहेको छ ।

प्रतिक्रिया