मुख्यमन्त्री लामालाई विश्वासको मत दिन एमालेको ह्विप

पालिका डायरी
१५ श्रावण २०८१, १५:३४

हेटौंडा /  नेकपा एमाले संसदीय दल बागमती प्रदेशले मुख्यमन्त्री बहादुर सिंह लामाको पक्षमा मत दिन ह्वीप जारी गरेको छ । नेकपा एमालेले आफ्ना सांसदहरुलाई बिपक्षमा मत दिन आज ह्वीप जारी गरेको हो।

एमाले संसदीय दलको नेता जगन्नाथ थपलियाको अध्यक्षतामा मंगलबार बसेको दलको बैठकले मुख्यमन्त्री लामाको पक्षमा मत दिन ह्विप जारी गरेको हो । एमालेका संसदीय दलका नेता थपलियाले एमाले सांसदहरुलाई मंगलबारको प्रदेश सभा बैठकमा अनिवार्य  उपस्थित भई मुख्यमन्त्रीको विश्वासको पक्षमा मत दिन  ह्वीप जारी गरिएको जानकारी दिनुभयो।

मुख्यमन्त्री लामाले मंगलबार प्रदेश सभामा विश्वासको मत लिँदै हुनुहुन्छ । नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीको समर्थनमा बनेको वर्तमान सरकार एमालेले समर्थन फिर्ता लिएसङै तत्कालीन मुख्यमन्त्री शालिकराम जम्कट्टेल अल्पमतमा परेर राजिनामा दिएपछि काङ्ग्रेस र एमालेको सयुक्त सरकार गठन भएको हो ।

प्रतिक्रिया