अमेरिकामा ग्यास स्टेसनमा एक नेपालीकाे हत्या

अमेरिकाकाे टेक्सासमा एक नेपालीकाे हत्या भएकाे छ ।
मृत्यु हुनेमा ३० वर्षीय दीपक वली रहेकाे स्थानीय मिडियाले जनाएका छन् । उनी वाकाे सिटी नजिक रहेकाे ग्यास स्टेसनमा काम गर्दै आएका थिए । स्थानीय समय अनुसार आइतबार बिहान करिब ५ बजेतिर रुकुम बाफिकाेटका वलीकाे तीन जना लुटेराकाे समूहले हत्या गरेकाे हाे ।
अधिकारीहरूले घटनाकाे बारेमा वलीकाे परिवारलाई खबर गरिसकेकाे जनाइएकाे छ। घटनाकाे बारेमा थप अध्ययन भइरहेकाे छ ।
प्रतिक्रिया