एसईई नतिजा : सामुदायिक विद्यालयतर्फ जनप्रियका असल पाख्रिन जिल्ला प्रथम
हेटौंडा / बिहीबार राष्ट्रिय परिक्षा बोर्डले सार्वजनिक गरेको एसईई परिक्षाको नतिजा अनुसार मकवानपुरको सामुदायिक विद्यालयतर्फ असल पाख्रिन उत्कृष्ट भएका छन् ।
हेटौंडा उपमहानगरपालिका १६ मा रहेको श्री जनप्रिय माध्यामिक विद्यालय तथा प्राविधिक शिक्षालयका परिक्षार्थी पाख्रिनले सबैभन्दा धेरै ३.९ जीपीए ल्याएका हुन् । जिल्ला विकास तथा समन्वय इकाइ मकवानपुरका अनुसार पाख्रिनले सामुदायिक विद्यालयतर्फ सबैभन्दा धेरै जीपीए प्राप्त गरेका हुन् ।
यस्तै, मकवानपुरबाट ४ जीपीए ल्याउने एक्ली छात्रा बनेकी छिन् रितिका छत्कुली । शिक्षा विकास तथा समन्वय इकाइ मकवानपुरका अनुसार उनी जिल्लाबाट परीक्षामा सहभागी पाँच हजार सात सय ५२ जनामध्ये उत्कृष्ट हुन सफल भएकी हुन् । हेटौंडा उपमहानगरपालिका– २ मा रहेको बालजागृति इंग्लिस सेकेन्डरी स्कुलकी छात्रा रितिका एसईई परीक्षामा ४ जीपीए ल्याएसँगै मकवानपुर जिल्ला प्रथम भएकी हुन् ।